भक्तपुरका विभिन्न स्थानमा बाढीपहिरोबाट क्षती, उद्धार कार्यमा खटिँदै सशस्त्र प्रहरी

डिसी नेपाल
२६ असार २०८१ १२:२६
428
Shares

काठमाडौं। लगातार वर्षाको कारण भक्तपुर जिल्लाको विभिन्न ठाउँमा बाढी तथा पहिरोले क्षती पुर्‍याएको छ। उक्त ठाउँहरुमा सशस्त्र प्रहरी बल नेपाल नं.२२ गुहेश्वरी गण दुवाकोट भक्तपुरको सुरक्षा फौज परिचालित भएर उद्धार कार्य गरिरहेको छ।

असार २६ गते चागुनारायण नगरपालिका–१ दुवाकोटस्थित राई टोलमा मनोहरा खोलामा पानीको बहाव बढि खोला नजिकै रहेका घरहरुमा क्षती पु¥याउन लागेपछि सो क्षेत्रमा बोरा तथा तारजाली लगाई तटबन्धन निर्माण गरेको नं। २२ गण गुहेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वासुदेव लोहनीले जानकारी दिए।

त्यसैगरी चागुनारायण नगरपालिका–४ मा समेत मनोहरा खोलामा पानीको बहाव बढि नजिकै रहेका बस्तीमा क्षती पुग्न लागेपछि सो क्षेत्र सशस्त्र प्रहरी तथा स्थानीय वासिन्दाले तटबन्धन निर्माण गरेका छन्।

यसअघि चाँगुनारायण नगरपालिका–६ नगरकोटमा असार २४ गते पहिरो गई अवरुद्ध भएको सडक सशस्त्र प्रहरीले सुचारु गरेको थियो। नगरकोटबाट कात्तिके भन्ज्याङ्ग हुँदै साँखु जाने सडकमा पहिरो जाँदा सोही स्थानमा रहेको सेरेनी रिसोर्टको भवनमा समेत क्षती पुगेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.