युरोकप फुटबलः स्पेनलाई चौथो पटक उपाधि

डिसी नेपाल
३१ असार २०८१ ६:२५
140
Shares

काठमाडौं। स्पेनले चौथोपटक युरो कप २०२४ को उपाधि जितेको छ। बर्लिनमा भएको फाइनलमा इङ्ल्यान्डमाथि २-१ को जित निकाल्दै स्पेनले युरोपेली च्याम्पियनशीपको उपाधि जितेको हो।

दोस्रो हाफको सुरुवातमै स्पेनले गोल गर्दै खेलमा सुरुवाती अग्रता लिएको थियो। लामिन यमालको पासमा निको विलियम्सले पहिलो गोल गरे।

७३औं मिनेटमा इङ्ल्यान्डका लागि कोल पालमरले बराबरी गोल गरे। तीन मिनेट अघि मैदान प्रवेश गरेका उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे।

तर ८६औं मिनेटमा स्पेनले विजयी गोल गर्‍यो। मार्क कुकुरेलाको क्रसमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जित दिलाए।

स्पेनको यो चौथो युरो उपाधि हो। इङ्ल्यान्ड भने लगातार दोस्रोपटक पनि युरो कप फाइनलमा पराजित भएको छ। इङ्ल्यान्डले युरो कप उपाधि जित्न सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.