२०३०काे महिला टी–२० विश्वकपमा १६ देश सहभागी हुने
काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले महिला टी–२० विश्वकपमा १६ देशलाई समावेश गर्ने निर्णय गरेको छ। आइसीसीको बोर्ड बैठकले २०३० मा हुने टी–२० विश्वकपमा १६ देशले भाग लिन पाउने निर्णय गरेको हो।
अहिले महिला टी–२० विश्वकपमा १२ देशले भाग लिदै आएका छन्। यस अघि २००९ मा पहिलो महिला टी– २० विश्वकपमा ८ देशले भाग लिएका थिए भने २०१६ मा बढाएर १० देशले भाग लिएका थिए। त्यस्तै २०२६ मा इङल्याण्डमा हुने महिला टी–२० विश्वकपमा १२ देशले भाग लिने छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment