चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

डिसी नेपाल
१४ साउन २०८१ ६:३५
208
Shares

काठमाडाैं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना पनि रहेको छ।आज राति देशभर साधारणतया बदली रहनेछ। सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा अति ठूलो वर्षाको सम्भावना छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *