गुरु बराल उपाध्यक्षमा मनोनीत, प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर
काठमाडौं। आज बसेको एमाले सचिवालय बैठकले रिक्त रहेको उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ। यस अघि बागमती प्रदेश इन्चार्ज रहेका बराललाई उपाध्यक्षमा मनोनीत गरिएको एमालेले जनाएको छ।
आजको सचिवालय बैठकले मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी समिति सदस्यमा मनोनयन गर्दै केही नेताहरुको जिम्मेवारी समेत हेरफेर गरेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी यथावत राख्दै अन्यमा नयाँलाई प्रदेशको जिम्मेवारी दिइएको छ। लुम्बिनी इन्चार्ज रहेकी सचिव पद्मा अर्याल र अर्का सचिव लेखराज भट्टको सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी यथावत राखिएको छ ।
यस्तै गण्डकीमा गोकर्ण बिष्टको स्थानमा किरण गुरुङलाई नयाँ इन्चार्ज तोकिएको छ। यस अघि कोशीको इन्चार्ज रहेका रघुवीर महासेठको स्थानमा शेरधन राईलाई जिम्मेवारी दिइएको छ भने मधेशमा योगेश भट्टराईलाई हटाएर लीलानाथ श्रेष्ठलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ।
बागमतीको इन्चार्ज रहेका बराल उपाध्यक्षमा मनोनीत भए पछि उनको स्थानमा राजन भट्टराईलाई प्रदेश इन्चार्ज तोकिएको छ भने छविलाल विश्वकर्मालाई हटाएर कर्णाली इन्चार्जको जिम्मा गोरखबहादुर बोगटीलाई दिइएको छ।
No ads found for this position




Facebook Comment