बकैया नदीमा आठ पुल निर्माण गरिँदै

डिसी नेपाल
२२ साउन २०८१ १७:४५
60
Shares

बकैया। काठमाडौं–तराई/मधेस द्रूतमार्ग (फास्ट ट्र्याक) सडक आयोजनाअन्तर्गत मकवानपुरदेखि बारासम्म बकैया नदीमा आठ वटा पुल निर्माण हुँदैछ।

दुई वटा पुल प्याकेज ३ अन्तर्गत निर्माण भइरहेका छन्। हाल आठ वटै पुल निर्माण भइरहेका छन्। निर्माणाधीन सबै पुल आगामी दुई वर्षमा सम्पन्न हुने आयोजनाले जनाएको छ। ललितपुरको खोकनाबाट बाराको निजगढसम्मको द्रुतमार्ग ७० दशमवल नौ सय ७७ किलोमिटर लामो छ। सडकमा विभिन्न स्थानमा १२ दशमलव आठ सय ८५ किमी लम्बाइका ८९ पुल निर्माण हुनेछन्।

द्रूतमार्ग विसं २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ। आयोजनालाई १३ प्योकजमा विभाजन गरी निर्माण गरिएको छ। आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनका चरणमा छन्। बाँकी चार पुल खोकना क्षेत्रमा छन्। सो क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण निर्माणमा ढिलाइ भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *