बडिगाड पहिरो: एकको शव फेला, तीन जना अझै बेपत्ता

डिसी नेपाल
२३ साउन २०८१ १८:०९
32
Shares

गलकोट। बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबारको पहिरोले घर भत्किँदा पुरिएर बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ।

बडिगाड गाउँपालिका–१० स्थित तीन वर्षीय आरुष थापाको आज दिउँसो शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।

बरालका अनुसार पहिरोले भत्किएको घर खोतल्ने क्रममा थापाको शव भेटिएको हो। उनीसँगै एउटै घरमा पहिरोले पुर्दा मृत्यु हुनेको संख्या सात पुगेको छ। पहिरोमा परी अझै तीन जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सात वर्षीया मधु बुढा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय यमलाल विक रहेका छन्। बेपत्ताको खोजीमा नेपाल प्रहरी र नेपाली सेना परिचालन भइरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *