नेपाल भाषा परिषद्को नयाँ भवन उद्घाटन

डिसी नेपाल
२७ साउन २०८१ १६:१४
32
Shares

काठमाडौं। भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत निर्माण गरिएको काठमाडौंस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन गरिएको छ ।

नेपालको औपचारिक भ्रमणमा आज आएका भारतीय विदेश सचिव विक्रम मिस्री र सरकार सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले आज सो भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदेश सचिव मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज यहाँ आएका हुन्। नेपाल र भारतबीच सदियौँ पुरानो सभ्यतागत, सांस्कृतिक र जनता–जनताबीचको सम्बन्ध रहेको छ।

भारत सरकारको सहयोगमा नेपालमा ठूला पूर्वाधार तथा कनेक्टिभिटी परियोजनाहरु सम्पन्न भई र नयाँ परियोजनाहरु अघि बढाई उच्चस्तरीय आदानप्रदानलाई गति दिँदै पछिल्लो वर्षहरुमा दुई देशबीचको द्विपक्षीय सहकार्य अझ मजबुत भएको छ । विदेश सचिव मिस्री सोमबार काठमाडौँबाट प्रस्थान गर्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *