हिमालय एयरलाइन्सले भदौ ४ गतेदेखि कुवेतमा पुनःउडान गर्ने

डिसी नेपाल
२८ साउन २०८१ १९:३९
128
Shares

काठमाडौं। हिमालय एयरलाइन्सले आगामी भदौ ४ गतेदेखि कुवेतमा सिधा उडान पुनःसुरु गर्ने भएको छ। कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीको मागलाई सम्बोधन गर्दै एयरलाइन्सले आफ्नोे सिधा उडान पुनःसञ्चालन गर्न लागेको हो।

यसअघि एयरलाइन्सले सन् २०२२ को १५ जुलाईमा कुवेतमा उडान भर्न सुरु गरेको भए पनि बीचमा प्राविधिक कारण देखाई स्थगन गरेको थियो।

काठमाडौं–कुवेत–काठमाडौंमा पुनःसुरु गरिएको उडानले पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्ने एयरलाइन्सले विश्वास लिएको छ। एयरलाइन्सका लागि कुवेतका लागि जनरल सेल्स एजेन्ट (जिएसए) पार्टनरका रूपमा सिजर्स ट्राभल ग्रुपलाई नियुक्त गरेका छ।

सुरुआतमा, एयरलाइन्सले काठमाडौं–कुवेत–काठमाडौं हवाईमार्गमा हप्तामा एक उडान सञ्चालन गर्ने र थप मागका आधारमा उडान थप्ने योजना बनाएको एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ। काठमाडौं–कुवेत उडान राति १२ बजेर ४० मिनेटमा र कुवेत–काठमाडौं उडान बिहान ४ बजेर १५ मिनेटमा उडान भर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *