इलेक्ट्रिक चुरोट बरामद

डिसी नेपाल
३१ साउन २०८१ २३:१६
88
Shares

वीरगञ्ज। सशस्त्र प्रहरी बल रु १७ लाख १० हजार छ सय ५० मूल्य बराबरको इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ। वीरगञ्ज महानगरपालिका वडा–१६ स्थित भन्सार कार्यालयको मुख्यगेट नजिकैबाट भारततर्फ लुकाईछिपाई लैजाने क्रममा रहेको चार सय ५० थान भेप आ बरामद गरिएको हो।

सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले भन्सारको मुख्य गेट नजिकै प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले चेकजाँचका क्रममा टाँगाभित्र फल्स बटम बनाएर लुकाएर राखेको इलेक्ट्रिक चुरोट बरामद गरेको जानकारी दिए।

‘भारततर्फ लैजानका लागि बाटोमा रोकिराखेको टाँगाबाट सो भेप बरामद भएको हो’, उनले भने, ‘बरामद भएको भेप आजै वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेका छौँ।’

यसअघि पर्सा प्रहरीले गत साउन २४ गते रु पाँच करोड मूल्य पर्ने ७६ कार्टुन इलेक्ट्रिक भेप बरामद गरेको थियो। जिल्ला प्रहरी कार्यालयले पर्साले वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ रेल्वेरोडस्थित रामप्रसाद बैरेको पक्की घरमा भाडामा दिएको कोठाबाट ७६ कार्टुन अर्थात १५ हजार दुई सय थान इलेक्ट्रिक भेप बरामद थियो। एक कार्टुनमा दुई सय थान भेप भेट्टिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *