काठमाडौंमा एक दिने निःशुल्क प्राथमिक उपचार तालिम सम्पन्न
काठमाडौँ । ओम समाज डेन्टल हस्पिटल, विराज समाज र डिस्कभरी रोयल स्पोर्ट्स प्रालि युएईको संयुक्त आयोजनामा काठमाडौंको सुकेधारामा रहेको एसियन पार्टी प्यालेसमा एक दिने निःशुल्क प्राथमिक उपचार तालिम सम्पन्न भएको छ ।
‘राष्ट्रको लागि योगदान’ भन्ने मूल नारा रहेको या प्राथमिक उपचार तालिममा प्राकृतिक विपत्ति, आकस्मिक अवस्था, दुर्घटनामा हरेक मानिसलाई कसरी जोगाउने भन्ने आधुनिक विधि र पद्धतिबारे सिकाइने गरिन्छ ।
युएईमा सिकेको सीप नेपाली जनताहरूलाई निःशुल्क सिकाउने लक्ष्यका साथ युएईका व्यावसायी तथा सामाजिक अभियन्ता ओमप्रसाद उप्रेतीले सञ्चालन गरेको यो अभियान नेपालका ७७ वटै जिल्लामा आयोजना गरिदैछ । अहिलेसम्म २६ जिल्लामा यो तालिम सम्पन्न गरिसकेको उप्रेतीले जानकारी दिएका छन्।

शुक्रबार काठमाडौंमा सम्पन्न भएको कार्यक्रममा नायक निखिल उप्रेती, रमेश उप्रेती, कलाकार निर्मल शर्मा, झापाका लछुमन काफ्ले, सरस्वती बास्तोला, साथै ओम अस्पतालका डा। सरोज घिमिरे, बिराज समाजका रामप्रसाद दाहाल, नायक नवीन खड्का, गायक नन्दु राई, पत्रकार नवीन धमला, सीता डोटेल, शुभा बिमलीसहित करिब ६ जना सहभागी भएका थिए ।
सहभागीहरूले तालिम निकै उपलब्धिमुलुक रहेको प्रतिक्रिया दिएका थिए । कार्यक्रममा अभियानमा सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा अतिथिहरूलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।

उप्रेतीको यो अभियानलाई नेपाल सरकारको स्वास्थ्य मन्त्रालय अन्तरगत विपत व्यवस्थापन शाखाले चासो दिएको छ । शाखा प्रमुख चुडामणि भण्डारी र अभियन्ता उप्रेतीबीच तालिममा सिकाइने पद्धति र कोर्सबारे विस्तारमा छलफल हुने बताइएको छ । मन्त्रालयले गर्नुपर्ने काम विदेशमा कार्यरत एक देशप्रेमी युवाले गरेका कारण यो अभियानलाई नेपाल सरकारले के कसरी सहयोग गर्ने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
सुदूर पश्चिमका १२ जिल्लामा असोज ५ देखि तालिम हुने
यो अभियान २०७४ चैत १ बाट चितवनदेखि शुरु भएको हो । प्रदेश १, २ र ३ का २६ जिल्लामा तीन चरणमा यो तालिम सम्पन्न भइसकेको छ । आगामी असोज ५ गतेदेखि १७ सम्म दार्चुलाबाट चौथो चरणको तालिम आयोजना गरिने अभियन्ता उप्रेतीले जानकारी दिएका छन् । उप्रेतीका अनुसार आगामी असोज ५ गते दार्चुला, ६ गते बझाङ, ७ गते बैतडी, ८ गते डडेल्धुरा, ९ गते डोटी, १० गते अछाम, ११ गते बाजुरा, १३ गते कञ्चनपुर, १४ गते कैलाली, १५ गते बर्दिया, १६ गते बाँके र समापन कार्यक्रम असोज १७ गते दाङ जिल्लामा हुनेछ ।




के के सिकाइन्छ ?
यो तालिममा निम्न रोग लाग्दा वा विपत्तिको अवस्था सिर्जना हुँदा के कसरी आधुनिक तरिकाले पीडितलाई बचाउने र अस्पतालसम्म र्पुयाउने भन्ने बारेमा मुख्य प्रशिक्षक ओमप्रसाद उप्रेतीले सैद्धान्तिक साथै व्यावहारिक प्रशिक्षण दिनेछन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment