शैल्यशिखर नगरपालिकाका कृषि अधिकृत र प्राविधिक सहायकविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

डिसी नेपाल
२ भदौ २०८१ १८:२४
64
Shares

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोक सिंह धामीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

धामी र सिंहले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत ४ लाख १२ हजार घुस रकम र ५ लाखको चेकसहित पक्राउ परेका थिए ।

अख्तियारले अनुसन्धानपछि दुवैलाई सोहि रकम बराबरको बिगो कायम गरि आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *