सुख्खा पहिरो खसेर इन्द्रावती नदीको बहावमा अवरोध, सतर्क रहन आग्रह
सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका तिपेनीमा सुख्खा पहिरो खसेर इन्द्रावती नदीको बहावमा अवरोध भएको छ।
जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले एक सूचना प्रकाशित गरि नदी थुनिन सक्ने भएकोले तल्लो तटीय क्षेत्रका नागरिकमा सावधानी अपनाउन र सुरक्षित रहन अनुरोध गरेको छ।
प्रशासनले नदीको तटीय क्षेत्रमा रहेका पाँच पोखरी गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाका विभिन्न वडाका स्थानीयलाई सतर्क रहन अनुरोध गरेको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment