हत्या गरेको अभियोगमा पक्राउ
म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–३ डाडाँगाउँ बस्ने ४३ वर्षीया बिना कुमारी बिकको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय दलविर सिर्पालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
सामान्य विवादको क्रममा दलविरले धारिलो हतियार प्रहार गर्दा बिना कुमारीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले घटनास्थलबाट धारिलो हतियार दाउ, हँसिया र बञ्चरो फेला पारी बरामद गरेको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment