चितवनमा खोलाले बगाएर एक जनाको मृत्यु

डिसी नेपाल
३ भदौ २०८१ २१:३०
28
Shares

चितवन। जिल्लाको माडीमा खोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ। माडी नगरपालिका–९ का ५० वर्षीय काजिमान प्रजालाई खोलाले बगाएको थियो।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उनलाई आज दिउँसो स्याउलीबाट कुसुमखोला बस्ती जाने क्रममा खोलाले बगाएको थियो। उनका अनुसार प्रजाको शव घटनास्थलबाट पाँच सय मिटर तल भेटिएको थियो।

यस्तै माडीमा नै खोलाले मोटरसाइकल बगाएको छ। आज दिउँसो माडीबाट ठोरी पर्सा जाने क्रममा बागमती प्रदेश ०३–०२ प ९५८६ नम्बरको मोटरसाइकललाई खोलाले बगाएको हो। बाँदरझुलास्थित अम्बुवाखोलामा बाढी आई मोटरसाइकल बगाएको हो।

मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२८ का ३७ वर्षीय पवन चापागाईं खोलाले बगाएको बुट्यानमा अड्किएर बाँच्न सफल भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए। उनको सकुशल उद्धार गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *