नागढुंगा नजिकै पहिरो, मुग्लिङ-काठमाडौं सडक अबरुद्ध
फाइल फाेटाे।
काठमाडौं। नागढुंगा नजिकै पहिरो खसेपछि अहिले मुग्लिङ-काठमाडौं सडक अबरुद्ध भएको छ। झ्याप्ले खोलमा खसेको पहिरो अहिले पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
पहिरोले सडक अवरुद्ध भएपछि दुई पाङ्ग्रे सवारी साधन खानीखोलाबाट नागढुंगा निस्कन सक्ने र चार पाङ्ग्रे सवारी साधन धार्केबाट सितापाईला निस्कन सकिने हुनाले धेरै सवारी साधनले बैकल्पिक मार्ग गरिरहेको प्रहरीले जनाएको छ।
ठूलो पहिरो खसेकोले पहिरो पन्छाएर सडक सुचारु गर्न अझै केही समय लाग्ने प्रहरीले बताएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment