रामकुमारी झाँक्रीलाई पराजित गर्दै एकीकृत समाजवादीको उपाध्यक्षमा राई निर्वाचित
काठमाडौं। नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भएकी छन्। राईले रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन्।
हालसम्मको मतगणनाअनुसार राईले १५७ मत पाएकी छन् भने झाँक्रीले ८२ मत प्राप्त गरेकी छन्।
गणना हुन बाँकी मतभन्दा राईको अग्रता बढी भएपछि उनी विजयी हुने निश्चित भएको हो। राई यस अघि पनि एकीकृत समाजवादीको उपाध्यक्ष नै थिइन्। मतगणनाको अन्तिम परिणाम भने आइसकेको छैन।
No ads found for this position
प्रतिक्रिया


Facebook Comment