मुना पाण्डेको हत्याप्रति एएनएद्वारा दुःख व्यक्त

डिसी नेपाल
१४ भदौ २०८१ ८:००
180
Shares

अमेरिका। नेपाली विद्यार्थी मुना पाण्डेको अमेरिकाको टेक्ससमा भएको हत्याप्रति एसोसियसन अफ नेप्लीज इन द अमेरिका (एएनए) गहिरो समवेदना व्यक्त गरेको छ।

एक विज्ञप्ति जारी गर्दै गहिरो समवेदना प्रकट गरेको छ।

संस्थाका अध्यक्ष खगेन्द्र अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हृदयविदारक यस सांघातिक आक्रमणको दुःखद् परिस्थितिमा मृतक मुना पाण्डेको भावविह्वल परिवारलाई आर्थिक सहयोगार्थ मुनाको अन्तिम संस्कारलगायतका खर्च व्यवस्थापनका लागि आवश्यक पर्ने रकम जुटाउनका लागि सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.