टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गर्ने युवा धरौटीमा रिहा
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन युवा धरौटी बुझाएर रिहा भएका छन्।
सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढा शुक्रबार ९-९ हजार धरौटी बुझाएर रिहा भएका हुन्। उनीहरूविरुद्ध प्रहरीले शुक्रबार नै सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दायर गरेको छ।
रिहाका लागि चौतर्फी दबाबका बाबजुद जिल्ला प्रहरी परिसर, काठमाडौंले एक वर्षसम्म कैद सजाय माग गरी सरकारी वकिल कार्यालयमार्फत मुद्दा अगाडि बढाएको छ । उनीहरूलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गरेको हो।
यहि भदौ १० गते टुँडिखेलमा आयोजित गौरापर्वको कार्यक्रममा पुगेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाविरुद्ध उनीहरूले नाराबाजी गरेको आरोप छ । जुन घटनाप्रति ओली र देउवाले मञ्चबाटै असन्तुष्टि व्यक्त गर्दै आक्रामक भएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment