जुम्लामा चट्याङ लागेर १५ भेडा मरे
फाइल फाेटाे
जुम्ला। यहाँको लामाचौर पाटनमा चट्याङ लागेर १५ भेडा मरेका छन्। तातोपानी गाउँपालिका–४ स्थित लामाचौर पाटनमा आज दिउँसो ३ बजेतिर चट्याङ पर्दा १५ वटा भेडा मरेका वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिए। घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए।
गत साउन १५ गते तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेका थिए। यसअघि जुम्लाको कनकासुन्दरी, तिला र गुठिचौरका पाटनमा पनि चट्याङ लागेर दुई सयभन्दा बढी भेडा मरेको पशुसेवा कार्यालय जुम्लाले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment