राजनराज शिवाकोटीको तीज ‘गीत ए दिदी भिनाजु खै’ रिलिज
काठमाडौं। गायक तथा संगीतकार राजन राज शिवाकोटी र गायिका शसिका राईको स्वरमा ए दिदी भिनाजु खै बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
हिन्दु नेपाली नारीहरुको महान पर्व तीज नजिकिएसँगै गायक शिवाकोटीले आफ्नै शब्द शृजनामा सार्वजनिक गरेको भिडियोमा दिदीभाइको प्रेमाभावलाई नजिकबाट केलाइएको छ।
भिडियोमा वर्ष दिनसम्म आफ्नो माइतीलाई नभेट्दाको पीडा र आफ्नो भाइलाई भेट्दाको खुशीको क्षण देखाइएको भिडियोले राम्रो चर्चा बटुलीरहेको निर्देशक दिलिप समन बताउँछ्न्।
भिडियोमा प्रमुख भूमिकामा मिना बर्तौला, गायक राजन राज शिवाकोटीको अभिनय देख्न सकिन्छ। त्यस्तै टेलिफिल्म कान्छीमा सासुको भूमिकामा देखिएकी गीता थापा, शृष्टि उग्रकोटी , खेम नेपाली , सुनिल न्यौपाने ,सुनिल बुढाथोकीको अभिनय देख्न सकिन्छ।
देवेश राईको एरेन्ज रहेको सार्वजनीक गीतमा विशाल थापाको छायांकन, नकुल खड्काको सम्पादन रहेको छ भने भिडियो समिप इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट बजारमा आएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment