प्रकाशले पाए नागरिकता

डिसी नेपाल
१६ भदौ २०८१ १६:०२
416
Shares

भोजपुर।  प्रकाश तामाङ ‘काले’ ले नागरिकता प्रमाण पत्र पाएका छन् ।

आइतबार प्रशासनका अधिकारीले प्रकाशलाई उनको घर भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) मा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन्। ‘हेर्ने कथा’ मार्फत भेटिएका प्रकाशलाई उनको बुवा-आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिइएको छ ।

षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदास, वडा अध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालय प्रमुख बिनोद ज्ञावली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईंको उपस्थितमा प्रकाशलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *