एभरट्रष्ट सहकारीका उपाध्यक्षसहित पाँच जना पक्राउ

डिसी नेपाल
१६ भदौ २०८१ १९:३०
144
Shares

काठमाडौं। एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्था लि। को रकम हिनामिना गर्ने उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन् ।

काठमाडौंं महानगरको वडा नम्बर ७ स्थित चुच्चेपाटीमा कार्यालय रहेको सो सहकारीले बचतकर्ताको १५ करोड ९१ लाख अपचलन गरेको आरोपमा उपाध्यक्ष बबिता डंगोलसहित पाँच जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा डंगोलसहित सचिव कान्छाभाई डंगोल, कोषाध्यक्ष विष्णुप्रसाद फुयाल, सदस्यहरु रामलाल महर्जन, अमरभाई महर्जन रहेका छन् । पक्राउ परेका सबै पाँच जनालाई काठमाडौँ जिल्ला अदालतबाट ८ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *