सशस्त्र प्रहरीका तीनजना एआइजीको सरुवा

डिसी नेपाल
१७ भदौ २०८१ ९:४०
52
Shares

काठमाडौं। सरकारले सशस्त्र प्रहरी बल, नेपालका तीनजना अतिरिक्त महानिरीक्षक (एआइजी)हरुको सरुवा गरेको छ।

सशस्त्रमा रहेका तीनजना एआईजीको मुख्यलयभित्रकै विभागहरुमा सरुवा गरेको हो। भदौ १३ मा बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूको सरुवा गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

गृह मन्त्रालयको प्रस्तावअनुसार सीमा सुरक्षा विभागमा कार्यरत नारायणदत्त पौडेललाई कार्य विभाग सरुवा गरिएको छ। सीमा सुरक्षा विभागको जिम्मेवारी चन्द्रप्रकाश गौतमले पाएका छन्।

त्यस्तै, कार्य विभागमा कार्यरत वंशीराज दाहाललाई मानव स्रोत विभागमा सरुवा गरिएको छ। सशस्त्रमा यी तीन वटै विभाग महत्वपूर्ण रहका छन्। मूख्यालयमा रहेका यी तीन विभाग एआइजीले कमाण्ड गर्ने गरेका छन् । सशस्त्र प्रहरी अझै एक एआइजीको दरबन्दी माग गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *