पाँचथरमा बम विस्फोट: एमालेद्वारा गृहमन्त्रीको जवाफ माग
काठमाडाैं। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पाँचथरको विष्फोट घटनामा बिषयमा सरकारको जवाफ माग गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै बर्तौलाले पाँचथरमा फेलापरेको बेवारिसे बम विस्फोट हुँदा दुई जनाको मृत्यु भएको घटनाका बिषयमा गृहमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने बताए।
द्वन्द्वको समयमा छाडिएको बम विस्फोट भएको कुरा आइरहँदा त्यसको जिम्मेवारी कस्ले लिने भन्दै उहाले प्रश्न गरे। पाँचथरको विष्फोट घटना निकै दुखद भएको भन्दै सरकारले गम्भीरताका साथ अनुसन्धान गर्नुपर्ने देखिएको उनले बताए।
केही दिन अघि पाँचथरको फालेलुङ गाउँपालिका-५, डाँडागाउँमा बेवारिसे बम विस्फोट हुँदा दुई वर्षीया प्रिन्सा साँवा र ११ वर्षीय दिपसन साँवाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment