प्रधानमन्त्री ओली जति झुट बोल्ने मान्छे नेपालमा अरु कोहि छैनः सांसद शाही

डिसी नेपाल
२४ भदौ २०८१ १६:०४
72
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली जत्तिको झुठ बोल्ने मान्छे नेपालमा कोहि पनि नभएको टिप्पणी गरेका छन्।

सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद शाहीले प्रधानमन्त्री ओलीले अन्तिम समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोहमा नगएकोप्रति आक्रोश व्यक्त गर्दै सो कार्यक्रमका लागि भएको खर्च प्रधानमन्त्रीको निजी सम्पत्तिबाट असुल उपर गर्नुपर्ने बताए।

दिक्षान्त समारोहका लागि पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरका विद्यार्थीहरु जुम्ला गएको र अन्य पाहुनाहरु समेत गइसकेको अवस्थामा प्रधानमन्त्रीले भ्याउँदिन भनेर कार्यक्रम स्थगित भएको थियो।

उनले भने( ‘देशको प्रधानमन्त्री बराबर झुट बोल्ने मान्छे नेपालमा कोही पनि छैन। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोह भन्दै ५६ जना विद्यार्थी, पूर्वको झापादेखि, पश्चिमको कञ्चनपुरका विद्यार्थी जुम्ला गए। त्यतिमात्रै होईन, डा. सन्दुक रूइत जानुभयो। हामीहरु गयौं, स्वास्थ्य सचिव जानुभयो। अन्तिम समयमा आएर के भन्दिनुभयो ‘म आउँदिन, दिक्षान्त समारोह पछाडि सार। हुकुमी शासन हो ? त्यहाँ गरेको खर्च प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट असुलउपर गर्नुपर्छ।’

सांसद शाहीले प्रधानमन्त्री विरामी भएको, मौसम खराबी भएको भए आफूहरुले मान्ने तर कार्य व्यस्तताले सो कार्यक्रममा नजानु स्वीकार्य नभएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *