पर्यटन बोर्डका सिइयोविरुद्ध सर्वोच्चमा रिट दायर

डिसी नेपाल
२५ भदौ २०८१ १९:५८
40
Shares

काठमाडौं। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइयो) दीपकराज जोशीको नियुक्ति कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।

प्रमुख कार्यकारी अधिकृतका अर्का प्रतिस्पर्धी धनञ्जय रेग्मीले आज जोशीको नियुक्तिलाई कार्यान्वयन नगर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरेका हुन्।

परीक्षामा आफूले बढी नम्बर प्राप्त गरेपनि वियमविपरीत जोशीलाई नियुक्ति गरिएको उल्लेख गर्दै रिट निवेदनमा बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गरिएको छ।

रिट निवेदनमा भनिएको छ, ‘कानुनतः परीक्षा प्रणालीको नजितामा निर्भर भई नियुक्ति गर्नुपर्नेमा तजबिजि अधिकार प्रयोग गरेर अधिकार क्षेत्र सीमितको आधारमा बदरभागी छ।’

बोर्ड सञ्चालक समितिको गत बिहीबारको बैठकले जोशीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनले पदबहाली गरी कामसमेत सुरु गरिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *