मेसीको शानदार कमब्याक, इन्टर मियामीको जितमा गरे दुई गोल

डिसी नेपाल
३० भदौ २०८१ ७:४५
80
Shares

काठमाडौं। लियोनेल मेसीले इन्जुरीबाट ठिक भएपछि शानदार कमब्याक गरेका छन्। अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले फिलाडेफियालाई ३-१ गोल अन्तरले पराजित गर्ने क्रममा मेसीले दुई गोल गरेर शानदार कमब्याक गरेका हुन्।

मेसीले खेलको २६औं र ३०औं मिनेटमा गोल गरेका थिए। मेसी गत जुनदेखि इन्टर मियामीका लागि पहिलो पल्ट खेलेका हुन्। त्यस्तै इन्टर मियामीका लागि तेस्रो गोल लुइस स्वरेजले गरेका हुन् । स्वरेजले एक गोल असिस्ट समेत गरेका थिए।

यस अघि खेलको दोस्रो मिनेटमा नै फिलाडेफियाले मिकाएल उह्रेको गोलमा शुरुवाती अग्रता लिएको थियो।

यो जितपछि इन्टर मियामीको इस्टर्न कन्फेरेन्समा २८ खेलमा ६२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ। त्यसै गरि फिलाडेफियाको भने २८ खेलमा ३० अंक रहेको छ र लिगमा ११औं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *