नेप्सेमा ५० अंकको गिरावट, १० अर्बको कारोबार

डिसी नेपाल
३० भदौ २०८१ १६:०६
128
Shares

काठमाडौं। नेप्सेमा आज ५० अंकको गिरावट आएको छ । आइतबार नेप्सेमा ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा रोकिएको छ।

आज ३२४ कम्पनिको कारोबार हुँदा २ करोड ४८ लाख ४६ हजार ७८२  कित्ता शेयर १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९५७ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज रिभर फल्स पावर, हिमालयन हाइड्रो र रावा इनर्जीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, आज थ्री स्टार हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ।

आज सबैभन्दा बढी सिइबिडि हाइड्रोको सबै भन्दा बढी ६४ करोड ३८ लाख ६६ हजार ७८० बराबरको शेयर कारोबार भएको छ।  त्यस्तै सिंगाटी हाइड्रोको सबैभन्दा बढी ९ लाख ३४ हजार ५७८ कित्ता शेयर कारोबार भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *