सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो। महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला रु पाँच सयले वृद्धि भई कीर्तिमान कायम गरेको छ।
महसंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार तीन सय निर्धारण भएकाे छ जबकी आइतबार प्रतितोला एक लाख ५६ हजार आठ सयमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य तोलामा १५ ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय १५ निर्धारण भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment