नेपाल ट्रष्टका नाममा रहेका जग्गा संरक्षण गर्छौं: मन्त्री अधिकारी

डिसी नेपाल
१ असोज २०८१ २२:२९
44
Shares

भक्तपुर। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नेपाल ट्रष्टका नाममा रहेका जग्गा संरक्षण गर्न खोजीकार्य थालनी गरेको बताएका छन्।

आज भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टका नाममा रहेको एक सय आठ रोपनी जग्गाको निरीक्षणपछि उनले सरकारले ट्रष्टको स्वामित्वमा रहेका देशभरका जग्गा खोजी गरी संरक्षण कार्य सुरु गरेको बताए।

मन्त्री अधिकारीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित विद्यालय, कलेज, अस्पताललगायतको अवलोकन गर्नु भई भौतिक अवस्थिति र शैक्षिक अवस्थाबारे जानकारी लिए। उनले भक्तपुर दरबार क्षेत्रस्थित सांस्कृतिक एवं ऐतिहासिक महत्वका सम्पदाको पनि अवलोकन गरेका थिए।

भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापतिले जनताको सुखदुःखमा सबैभन्दा नजिक रहेको स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताए। उनले नगरपालिकाले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गरिरहेकाबारे जानकारी गराए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *