माईपेको दशैं मेला, कारोबार गर्दा स्कुटरदेखि आइफोन सम्म जित्न सकिने
काठमाडाैं। युवाहरुमाझ लोकप्रिय डिजिटल वालेट माईपेले नेपालीहरुको महान पर्व वडादशैं, तिहार र छठलाई मध्यनजर गर्दै “माईपे मेला: चाडवाडको बहार, माईपेमा उपहारै उपहार” अफर सार्वजनिक गरेको छ।
युवाहरूलाई डिजिटल कारोबारप्रति आकर्षित गर्न माईपले यसपटक चाडपर्वलाई लक्षित गरी विभिन्न आकर्षक उपहारहरू दिने घोषणा गरेको छ। असोज १ गतेदेखि मंसिर ३० सम्म चल्ने यस मेलामा माईपे प्रयोगकर्ताहरुले दैनिक, साप्ताहिक, मेगा र बम्पर पुरस्कारहरु जित्न सकिनेछ।
माईपबाट कुनै पनि कारोबार गर्दा बम्पर उपहारमा माईपे प्रयोगकर्ताले स्कुटर जित्न सक्नुहुनेछ। मेगा पुरस्कारमा २ जना विजेताहरुले आइफोन १६ र २ जनाले हिराको औंठी जित्न सकिनेछ। त्यसैगरी साप्ताहिक पुरस्कारमा हरेक हप्ता Earbuds, Smart watch, Analog watch, चाँदीको औंठी र रु १०,००० बराबरको Beauty Product र धेरै Gift voucher/Discount Voucher हरु जित्न सकिनेछ।
यस माईपे मेला अवधिभर प्रयोगकर्ताहरुलाई ७५ लाख बराबरको Discount/Cashback भौचरहरु प्रदान गर्ने साथै हरेक हप्ताको १०-१० जनालाई माईपेबाट कारोबार गर्दा कारोबार रकमको १००% नै फिर्ता दिइने पनि माईपेले जनाएको छ।
ग्राहक महानुभावहरुले यस अफर सम्बन्धी थप जानकरीका लागि माईपेको सामाजिक सञ्जाल तथा वेबसाइटमा हेर्न सकिनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment