सुनको मूल्य घट्यो
काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। बुधबार सुन तोलामा ३ सयले घटेपछि तोलाको १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको हो।
यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १८९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment