चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

डिसी नेपाल
२ असोज २०८१ १८:५७
20
Shares

वीरगञ्ज। नेपाली सेनाको श्रीजंग गणले पर्सा जिल्लामा पर्ने चुरे संरक्षणका लागि वृक्षरोपण अभियानको सुरुआत गरेको छ। गणले आज वीरगञ्ज महानगरपालिका–३१ स्थित भेडाहा खोला आसपासको खुल्ला ठाउँमा वृक्षरोपण गरेर चुरे क्षेत्रलाई संरक्षण गर्न लागेको हो।

श्रीजंग गणका गणपति एवं प्रमुख सेनानी निराजन कटुवालले चुरे क्षेत्रमा वनजङ्गल अतिक्रमण भएकाले वृक्षरोपण गरिएको बताए। ‘चुरे क्षेत्रको वनजङ्गल प्राकृतिक प्रकोप र मानवीय अतिक्रमणका कारणले मासिने क्रम बढिरहेको छ,’ उनले भने, ‘हामीले चुरे क्षेत्रलाई नजोगाउने हो भने भविष्यका सन्तती ठूलो समस्यासँग जुध्नुपर्ने हुन्छ। त्यसैले भावी पुस्ताका लािग पनि चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न आवश्यक छ।’

उक्त क्षेत्रमा भेडाहा खोलाले बर्सेनि धार परिवर्तन गर्ने गरेको छ । बाढीले जग्गा कटान गर्न थालेपछि सो क्षेत्र उच्च जोखिममा छ। त्यसैले उक्त क्षेत्र संरक्षण गर्नका लागि वृक्षरोपण अभियान अघि सारिएको प्रमुख सेनानी कटुवालले बताए। गणले यस पटक पाँच हजार बिरुवा रोप्न लागेको उनले जानकारी दिए।

‘चुरे संरक्षणका लागि वृक्षरोपण अभियान चलाएका छौँ, उनले भने। उनले मातहतका निकायलाई वृक्षरोपण पछि नियमित रुपमा बिरुवाको हेरचाह र संरक्षणमा ध्यान दिन निर्देशन दिए।

सबैया सबडिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रवेश प्रसादले विभिन्न प्रजातिका विरुवा रोपिएको जानकारी दिए। उनका अनुसार विशेष गरी सतिसाल, अमला, सागवान, सिसौ, लहरेपिपललगायतका प्रजातिका बिरुवा रोपिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *