अमेरिकामा संविधान दिवस मनाइयो
टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ।
वासिंगटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षमा आयोजना गरिएको ‘नेपाल डे’ कार्यक्रममा कार्यवाहक राजदूत कुमार खरेलले नेपालको संविधान २०७२ का विशेषताका बारेमा जानकारी गराएका थिए।
नेपाल डे कार्यक्रममा गैरआवासीय नेपालीहरुको तर्फबाट गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा अर्जुन बन्जाडेले संविधान दिवसको महत्वबारे चर्चा गर्दै नेपालको संविधानले व्यवस्था गरेअनुसार ऐन कानुन निर्माण गरी गैरआवासीय नेपाली नागरिकतालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने उल्लेख गरे।
कार्यक्रममा नेपाली राजदूतावासका प्रतिनिधिहरु, अमेरिकास्थित नेपाली समुदायका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो। नेपाल डे कार्यक्रमको सन्दर्भमा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले नेतृत्वको टोलीले टेक्ससको ड्यालसमा तत्काल कन्सुलर शिविर सञ्चालन तथा ड्यालसमा कन्सुलर अफिस स्थापनाका लागि कार्यवाहक राजदूत खरेललाई ज्ञापनपत्र बुझाएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment