रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। आइतबार बिहान ११: ३० मा बस्ने गरी रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको हो।
बैठकमा समसामयिक राजनीतिक र स्थानीय तहको उपनिर्वाचनको विषयमा छलफल हुने बुझिएको छ। साथै बैठकमा उपसभापति एवं प्रतिनिधिसभा सदस्य स्वर्णीम वाग्लेको चीन भ्रमणको रिपोर्टिङ समेत गर्ने बताइएको छ।
साथै बैठकमा पार्टीको हालै सम्पन्न प्रथम राष्ट्रिय भेलाको समीक्षा तथा महाधिवेशनको विषयमा समेत छलफल हुनेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment