एमालेले बोलायो आकस्मिक बैठक
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ।
पार्टी महासचिव शंकर पोखरेलले बैठक बोलाएको बैठकमा पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी हुने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए।
बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा हुने जानकारी दिए। बैठकमा जलजन्य विपद्का कारण देशका केही भागमा उत्पन्न विषम परिस्थितिमा उद्धार तथा राहतका गतिविधिमा पार्टी कार्यकर्ता परिचालन तथा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्नेलगायत विषयमा छलफल हुने जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment