‘एस मिनी मार्केट’मा आगलागी हुँदा करोडौंको क्षति

डिसी नेपाल
२८ साउन २०७६ २३:१४

पोखरा । पोखराको न्यूरोडस्थित ‘एस मिनी मार्केट’मा आज आगलागी भएको छ।

मिनी मार्केटको सात व्यवसायीको २३ पसलमा आगलागी हुँदा करोडौँ रुपैयाँको नोक्सानी भएको छ।

पोखरा महानगरपालिकाका तीन दमकलको सहायतामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो निभाइएको थियो।

दुई घण्टापछि आगो निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *