रियलमीको १२ महिनाको ईएमाआई अफर : ४० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याज दर

डिसी नेपाल
१८ असोज २०८१ २०:०७
56
Shares

काठमाडौं। सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले शून्य प्रतिशत ईएमआई योजना ल्याएको छ। आफ्ना नेपाली ग्राहकहरूलाई सुपथ मुल्यमा अत्याधुनिक प्रविधि प्रदान गर्ने प्रतिबद्धताका साथ रियलमीले आफ्ना स्मार्टफोनहरूमा विशेष फाइनान्सिङ अफर ल्याएको हो । यस अफर अन्तर्गत रियलमीका फोनहरुमा शून्य प्रतिशत ब्याज दरमा १२ महिनासम्मको ईएमआई उपलब्ध रहेको छ ।

रियलमीको हेड अफ स्ट्राटेजी मुनिश गिरीले भने, ‘हाम्रो उद्देश्य भनेको आफ्ना ग्राहकहरूमा सुपथ मुल्यमा अत्याधुनिक प्रविधिको पहुँच पुर्याउने हो । शून्य ब्याजको यो नयाँ ईएमआई योजनाले हाम्रा ग्राहकहरूलाई उच्च गुणस्तरका स्मार्टफोनहरू किन्न सजिलो बनाउनेमा हामी ढुक्क छौं । हामीलाई विश्वास छ कि दशैं तथा तिहारको यो माहोलमा यस अफरले अझै रौनक थप्नेछ ।’

यो अफर घटस्थापना देखि नेपालभरका आधिकारिक रियलमी डिलरहरूमा लागु भएको छ । यस अफर अन्तर्गत रियलमीका २० हजार भन्दा माथिका फोनहरुमा ४० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याज दरमा १२ महिनासम्मको ईएमआई उपलब्ध रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.