बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ जनाको मृत्यु
काठमाडौं। बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुगेको छ।
नेपाल प्रहरीका अनुसार अहिलेसम्म २४६ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता रहेका छन् । त्यस्तै १७८ जना अझै घाइते रहेका छन्।
मृत्यु हुनेमा बागमती प्रदेशका १३९ जना रहेका छन्, जसमा काठमाडौं उपत्यकाका ७० जना रहेका छन्। त्यस्तै लुम्बिनी प्रदेशका २ जनाको मृत्यु भएको छ भने मधेश प्रदेशबाट ९ जनाको मृत्यु भएको छ।
त्यस्तै कोशी प्रदेशबाट २० जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार अहिलेसम्म १७ हजार १७४ जनाको उद्धार गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment