सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

डिसी नेपाल
२१ असोज २०८१ १६:४४
260
Shares

कमलामाई। काठमाडौंबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दुर्घटना भएको छ। आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ।

बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए।

थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *