पशुपति धर्मशालामा महानगरको बोर्ड
काठमाडौं। पशुपति धर्मशालामा काठमाडौं महानगरपालिकाले आफ्नो बोर्ड राखेको छ। मारवाडी सेवा समितिले राखेको बोर्ड हटाएर बुधबार महानगर प्रहरीको टोलीले आफ्नो बोर्ड राखेको हो।
धर्मशाला महानगरले सञ्चालन गर्ने सम्झौतापछि बुधबार महानगर प्रहरी र वडा नम्बर ८ का अध्यक्ष आशमान संगत लगायतको टोली त्यहाँ पुगेको थियो।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशकले महानगरपालिकालाई सम्बोधन गरी धर्मशाला सञ्चालनबारे पत्राचार गरेका थिए।
सोही पत्राचारपछि महानगरपालिकाले मंगलबार नै माइकिङ गरेर खाली गर्नका लागि माइकिङ गरेको थियो। उनीहरू पुगेपछि मारवाडी सेवा समितका सदस्यहरूले अहिले नै महानगरपालिकाले आफ्नो बोर्ड राख्न नहुने बताएका थिए।
महानगरले बोर्ड राखेपछि मारवाडी सेवा समितिका सदस्यले विरोध गरेपछि महानगरप्रहरीसँग झडप भएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment