सभामुखद्वारा बडादसैँको शुभकामना
काठमाडौँ। सभामुख देवराज घिमिरेले बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।
“दसैँले समाजमा आपसी सहयोग, मेलमिलाप, सद्भाव र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत गरेको छ । दसैँको पूर्वसन्ध्यामा मनसुनी प्रभावका कारण देशभर बाढीपहिरोले जनजीवन अस्तव्यस्त बनाएको तथा ठूलो सङ्ख्यामा नेपाली नागरिकलाई घरबारविहीन बनाएको अवस्था भएकोले सुरक्षित र सावधानीपूर्वक यात्रा गरी दसैँ मनाउन अनुरोध गर्दछु”, उनले सन्देशमा भनेका छन्।
‘असत्यमाथि सत्यको विजय’ दसैँको सबैभन्दा ठूलो सन्देश भएको बताउँदै उनले देवी दुर्गाप्रति आस्था अभिवृद्धिसँगै परिवार र समुदायबीचको सम्बन्धलाई बलियो बनाउन यसले उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गरेको सन्देशमा उल्लेख गरेका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment