काठमाडौंको पाकोबाट ५ जुवाडे पक्राउ
काठमाडौं। प्रहरीले काठमाडौं महानगरपालिका–२२ पाकोबाट जुवातास खेलिरहेका पाँच जनालाई पक्राउ गरेको छ।
सो ठाउँमा बस्ने ४० वर्षीय झलक बहादुर श्रेष्ठको केटिएम वेभ विजनेश प्रालिमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ५ जनालाई मंगलबार पक्राउ गरिएको हो।
उनीहरुको साथबाट ७६ हजार रुपैयाँ र १ बुक तास समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment