बडादसैँले ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ को सङ्कल्प पूरा गर्न थप ऊर्जा मिल्ने मुख्यमन्त्री आचार्यको विश्वास

डिसी नेपाल
२६ असोज २०८१ १०:२६
28
Shares

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमी पर्व–२०८१ ले ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’को साझा सङ्कल्प पूरा गर्न थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

बडादसैँ २०८१ को अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उनले प्रदेश सरकारले समृद्धि, विकास, सुशासनको चाहना पूरा गर्ने अभियानमा आफ्नो भूमिकाहरू अगाडि बढाइरहेको सन्दर्भमा बडादसैँले त्यसमा थप ऊर्जा थप्ने विश्वास व्यक्त गरे।

मुख्यमन्त्री आचार्यले नेपाली मौलिक सांस्कृतिक पर्वहरूले एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेको स्मरण गर्दै यसप्रकारका चाडपर्वको संरक्षण एवं सम्वर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्दै आएको समेत उल्लेख गरे । “यस पर्वले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहित सामाजिक–आर्थिक समृद्धि, एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पु¥याउने विश्वास लिएको छु”, सन्देशमा भनिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *