नेप्सेमा ४३ अंकको वृद्धि, ५ अर्बको कारोबार
काठमाडौं। बुधबार नेप्से परिसूचक ४३ अंकले बढेको छ। आज नेप्से ४३.२२ अंकले बढेर २७४२.८८ विन्दुमा बन्द भएको छ।
आज कुल ३२० कम्पनीका एक करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड २ लाख ३७ हजार बराबरको कारोबार भएको थियो।
आज सबैभन्दा बढी विजय लघुवित्तको शेयर मूल्यमा ९.३३ प्रतिशतले बढेको छ भने इस्टर्न हाइड्रोको शेयर ९.२४ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी अपार श्यांगे हाइड्रोको मुल्यमा नकारात्मक सर्किट लागेको छ।
त्यस्तै आज सबैभन्दा बढी नेपाल फाइनान्सको १५ करोड ९ लाख ५० हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट कम्पनिको ७ लाख २९ हजार २७५ कित्ता शेयर कारोबार भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment