कतारको दोहामा एक नेपालीको हत्या, पाँच जना घाइते

डिसी नेपाल
२९ साउन २०७६ २२:२५

काठमाडौं। कतारको दोहामा एक नेपाली हत्या भएको छ। यही साउन मंगलबार दोहाथित जैदा पार्कमा नेपालीमाथि सांघातिक आक्रमण भएको दोहास्थित नेपाली राजदूतावासले बुधबार जानकारी दिएको छ।

दूतावासका अनुसार घटनामा एकजना नेपालीको मृत्यु भएको छ भने अन्य ५ जना नेपाली घाइते भएका छन्। दूतावासले जारी गरेको विज्ञप्तिअनुार सुनसरीका तरबेज अन्सारीको घटनास्थलमै मृत्यु भएको थियो। घाइते मध्ये उमर अन्सारीको दोहाथित हमाद अस्पतालमा उपचार भइरहेको दूतावासले जानकारी दिएको छ ।

यस्तै इब्राहिम अन्सारी र नौसाद अन्सारी भने खतरामुक्त रहेका छन् । अन्य दुईजना घाइते अकबर मिया र महुद अन्सारीलाई दूतावासले प्रहरी हिरासतबाट मुक्त गराएको छ।

दूतावासले घटनाको जानकारीपछि प्रहरी र दूतावासका कर्मचारीले घटनास्थल र हमाद अस्पतालको अवलोकन गरेको जनाएको छ ।

दूतावासले यस सांघातिक आक्रमणबारे कतारी अधिकारीसँग छलफल गरेको जनाएको छ । मृतक अन्सारीको शव नेपाल फर्काउन पहल भइरहेको जनाएको छ। दूतावासले भिडभाड हुने स्थानहरुमा नजानसमेत आग्रह गरेको छ।




प्रतिक्रिया

One thought on “कतारको दोहामा एक नेपालीको हत्या, पाँच जना घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *