रवि लामिछानेलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली

डिसी नेपाल
२ कार्तिक २०८१ १७:३७
308
Shares

काठमाडाैं। केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोली रास्वपा पार्टी कार्यालय पुगेको छ। सीआईबीका एसपी होबिन्द्र बोगटीसहितको सीआईबी टोली रास्वपा पुगेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली रास्वपा पुगेको हो। सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने तयारी छ।

लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै रास्वपा केन्द्रीय कार्यालय घण्टीघरमा सयौं प्रहरी परिचालित भएका छन्।

सहकारी ठगी प्रकरणबारे छानविन गर्न बनेको संसदीय विशेष समितिले लामिछाने गोर्खा मिडिया नेटवर्कका एमडी हुँदा सहकारीबाट पैसा आएको र सो रकम अपचलनमा उनको संलग्नता रहेको प्रतिवेदन दिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *