निर्देशक रोशन दासको म्युजिकल फिल्म ‘आफ्नै स्वार्थ’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
७ कार्तिक २०८१ १०:१५
116
Shares

काठमाडौं। निर्देशक रोशन दासले ‘आफ्नै स्वार्थ’ नामक म्युजिकल फिल्म निर्माण गरेका छन्। परिवार र सम्बन्धको कथा ‘आफ्नै स्वार्थ’ को भिडियो हेर्दा एकै छिन सबैलाई भावुक र सोचमग्न बनाउँदछ। म्युजिकल फिल्ममा काम गर्ने सम्पूर्ण कलाकारहरुको अभिनय जिवन्त छ। निर्देशकले गीतको भावना र मर्मलाई बुझेर पर्दामा उतारेका छन्।

म्युजिकल फिल्मको पटकथा किङ एबिसीको हो भने निर्माता प्रतीक दास हुन्। ‘आफ्नै स्वार्थ’ पशुपति बृद्दाआश्रममा रहेका करिब ६ दर्जन बृद्द बृद्दाहरुलाई साक्षी राखेर आज भिडियो सार्वजनिक गरिएको हो। यु ट्युबमा भिडियो हेरेर दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्। समाजको यथार्थ कथालाई चित्रण गरिएको भिडियोले राम्रो संदेश समेत दिन्छ।

‘आफ्नै स्वार्थ’ मा गायक धुर्व बिस्वकर्माको स्वर रोशन दासको शब्द रचना र राजन कार्कीको संगीत रहेको छ। रोशन दासको कथा र निर्देशनमा बनेको म्युजिकल फिल्ममा सुभास गजुरेल,गीता श्री थापा,नारायण बिक,अनुस्कृति घिमिरे,दिपेश घिमिरे,सरिता कठायत,सम्राट दास,सरिता ढुंगाना,अग्नि सुवेदी,रेश पोख्रेल र दिप्त प्रकाश अधिकारीको अभिनय रहेको छ। भिडियोमा युवाहरुको कथालाई गहन रुपमा प्रस्तुत गर्न खोजिएको छ।

हरी प्रसाद ढकालले छायांकन गरेको म्युजिकल फिल्ममा फुर्बा लामाको सम्पादन,श्याम कुँवरको कलर संयोजन,सुरेन्द्र क्षेत्रीको कास्टिंग निर्देशन रहेको छ। रीता देवी,कुमारी बीना दाहाल र प्रतिमा देवी दास कार्यकारी निर्माता रहेको म्युजिकल फिल्मको निर्माण सल्लाहकारमा हिक्मत शर्मा रहेका छन्। म्युजिकल फिल्म रेज इन्टरटेन्टमेन्ट यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *