प्राधिकरणले फेरि काट्न थाल्यो उद्योगको विद्युत लाइन

डिसी नेपाल
९ कार्तिक २०८१ ८:४३
60
Shares

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको विद्युत लाइन काट्न थालेको छ।

प्राधिकरणले बिहीवार साँझ अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुट मिलको लाइन काटिएको छ। साथै जगदम्बा स्टिल, हुलास स्टिल , अशोक स्टिल र हामा आइरनको पनि विद्युत लाइनसमेत काटिएको छ।

यसअघि कार्यकारी निर्देशक घिसिङले बिहीवार साँझ उर्जा मन्त्री दिपक खड्कासँग भेट गर्दै विद्युत लाइन नकाट्ने हो भने मन्त्रीपरिषद्ले निर्णय गरिदिन आग्रह गरेका थिए।

यसअघि गत असोज २४ मा सूचना प्रकाशित गर्दै प्राधिकरणले बक्यौता महसुल भुक्तानी गर्न भन्दै ८ कात्तिकसम्मको म्याद दिएको थियो।

मन्त्री खड्काले कुलमानलाई स्पष्टीकरण सोधेपछि उनले यो कदम चालेका थिए । विद्युत महसुलमा कुलमान र सरकारको धारणा बाझिएपछि यो विषय झन् पेचिलो बन्दै गएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *